बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालियो
बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालियो
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १३ असार । आमाशयमा चम्चा अड्किएकी एक किशोरीको थापाथलीस्थित नर्भिक अस्पतालमा इन्डोस्कोपीबाट पेटमा अड्किएको चम्चा निकालिएको छ ।
चम्चा अड्किएकी ती किशोरीको नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा अड्किएको चम्चा निकालेको हो ।
किशोरीको अवस्था सामान्य भएपछि सोमबार बिहान उनलाई डिस्चार्ज गरिएको डा. कुँवरले बताए ।
प्रतिक्रिया