२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

कोटेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

गण्डकी टाइम्स
सोमवार, आषाढ १३ २०७९
गण्डकी टाइम्स
सोमवार, आषाढ १३ २०७९
  • काठमाडौँ, १३ असार। कोटेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले पैदलयात्रुलाई ठक्कर दिएको हो । हायसको ठक्करबाट स्याङजाको थेलचुङ घर भएका ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । मोटरसाइकललाई छल्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३-००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा रामेछाप नगरपालिका वडा ६ घर भएका हायसका सहचालक २३ वर्षका विमल सुनुवार घाइते भएका छन् भने चालक फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार हायसको अगाडिको भाग क्षतविक्षत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij