२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

गोरखाको सिरानचोकमा बस दुर्घटना : २० जना घाइते

गोरखाको सिरानचोकमा बस दुर्घटना : २० जना घाइते

गण्डकी टाइम्स
बुधवार, आषाढ २२ २०७९
गण्डकी टाइम्स
बुधवार, आषाढ २२ २०७९
  • गोरखा, २२ असार । गोरखाको सिरानचोकमा यात्रुबहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । गाउँपालिको वडा–४ राम्चेमा वुधबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन् । घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन रिफर गरिएको र बाँकी १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । के कारणले दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij