२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

बाजुराको बुढीगंगा नगरपालिकामा आज फेरि मतदान

बाजुराको बुढीगंगा नगरपालिकामा आज फेरि मतदान

गण्डकी टाइम्स
बुधवार, आषाढ २२ २०७९
गण्डकी टाइम्स
बुधवार, आषाढ २२ २०७९
  • बाजुरा, २३ असार। बाजुराको बुढीगंगा नगरपालिकामा आज फेरि मतदान हुदैछ । गत वैशाख ३० गते स्थगित भएको बुढीगंगा नगरपालिकामा आज फेरि मतदान गर्न लागिएको हो। यसअघि सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेको जनाउँदै निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो। गत वैशाखमा मतदान हुँदा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेको भन्दै विरोध भएको थियो। जसले गर्दा मतदान रोकिएको थियो। आज भने सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख निर्वाचन अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ। बुढीगंगामा १० मतदानस्थल र १९ मतदान केन्द्र तोकिएका छन्। प्रत्येक मतदानस्थलमा एक सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीले बताए। मेयरमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती प्रतिस्पर्धा गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij