२०८३, कार्तिक १७ गते

सोमवार, कार्तिक १७ गते २०८३

तुइनको भरमा अडिएको जिन्दगी

तुइनको भरमा अडिएको जिन्दगी

गण्डकी टाइम्स
बिहिवार, आषाढ २३ २०७९
गण्डकी टाइम्स
बिहिवार, आषाढ २३ २०७९
  • दार्चुला, २४ असार । दार्चुलाको व्याँस गाउँपालिका-२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस(२ स्थित घरतर्फ आउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । यो घटना बुधबारको हो। बेपत्ता बुढाथोकीको खोजी कार्य जारी छ। पुल नहुँदा दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दा जोखिम मोलेर तुइनको भरमा महाकाली वारपार गर्छन्। महाकाली नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर वा तुइन चँडिएर ज्यान गुमाउने र बेपत्ता हुने क्रम रोक्न पुल बनाउनुपर्छ । अघिल्लो वर्षको साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा खसेर व्याँस-२मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार तुइनबाट महाकाली वारपार गर्ने क्रममा १५ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक २०७२ असारयताको हो। यस्तै दर्जनभन्दा बढी मानिस बेपत्ता भएका छन् । व्याँस क्षेत्रका बासिन्दाका अनुसार २०५० सालयता तुइनबाट महाकालीमा खसेर २६ जनाको ज्यान गएको छ। तर आधिकारिक निकायबाट स्थानीय बासिन्दाको दाबी पुष्टि हुन सकेको छैन। यो समाचार नागरिक दैनिकमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij