आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २३ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आबेको शुक्रबार मात्र हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो ।
नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
प्रतिक्रिया