लिग-२ मा नेपाल नामिबियासँग ४० रन पराजित
लिग-२ मा नेपाल नामिबियासँग ४० रन पराजित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २८ असार । आईसीसी विश्वकप लिग-२ अन्तर्गत गएराति भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४५.६ ओभरमा १८० रन मात्रै बनाउन सक्यो। नेपालका लागि आरिफ शेखले अभिजित ५० बनाए ।
त्यस्तै, देव खनालले ३२, कुशल भुर्तेलले २७, करण केसीले १९, आसिफ शेखले १४, सोमपाल कामी र मोहम्मद आदिल आलमले १०-१० रन बनाए । नामिबियाका लागि डेभिड वाइज, बेनार्ड सोल्ज र जान फ्रिलिन्कले दुई-दुई तथा रुबेन टुम्पेलमन र जेहार्ड इरसमसले एक-एक विकेट लिए।
यसअघि नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको थियो। नामिबियाका लागि जेएन लोफ्टी इटनले ६० रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले चार, सोमपाल कामीले दुई, करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिएका थिए।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले अर्को खेल बुधबार स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया