साउन २४ गते व्यास नगरपालिकामा सार्वजनिक बिदा
साउन २४ गते व्यास नगरपालिकामा सार्वजनिक बिदा
गण्डकी टाइम्स
गण्डकी टाइम्स
तनहुँ, २२ साउन । तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ ।
प्रतिक्रिया