बझाङमा छोराछोरी र आमाले एउटै रुखमा गरे आत्महत्या !
बझाङमा छोराछोरी र आमाले एउटै रुखमा गरे आत्महत्या !
गण्डकी टाइम्स
गण्डकी टाइम्स
बझाङ, २५ साउन । बझाङको बुङ्गल नगरपालिका–९ रारुमा एकै परिवारका ३ जनाले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका छन् ।
रारुका २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी र ३ वर्षीया छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा भेटिएका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिए । मृतक ५ वर्षीया बालिकाको नाम खुलेको छैन ।
मंगलवार राति उनका पति पुष्कर पार्की भारतबाट घर आएका थिए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ जाँदैछ ।
प्रतिक्रिया