२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

थप ७८१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

गण्डकी टाइम्स
शुक्रवार, श्रावण २७ २०७९
गण्डकी टाइम्स
शुक्रवार, श्रावण २७ २०७९
  • काठमाडौँ, २७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij