२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

टान निर्वाचन : सापकोटा प्यानललाई अग्रजहरुको साथ, विज्ञप्तिनै निकालेर मागे मत

टान निर्वाचन : सापकोटा प्यानललाई अग्रजहरुको साथ, विज्ञप्तिनै निकालेर मागे मत

गण्डकी टाइम्स
शनिवार, श्रावण २८ २०७९
गण्डकी टाइम्स
शनिवार, श्रावण २८ २०७९
  • काठमाडौँ, २९ साउन । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को निर्वाचनले ठमेलको माहोल तातेको छ। सोमवार हुने निर्वाचनको लागि व्यावसायीहरु आ-आफ़ो प्यानललाई मत माग व्यस्त देखिन्छन। दुई वटा प्यानल बनाएर व्यावसायीहरु चुनावमा होमिएका छन्। यसैविच टानका पूर्वअध्यक्षहरू तथा वरिष्ठ पर्यटन व्यवसायीले आफ्नो समर्थन रहेका प्यानललाई विज्ञप्तिनै निकालेर मत माग्न थालेका छन् । उनीहरुले रामप्रसाद सापकोटा (कमल)को प्यानललाई सामुहिक रुपमा मत मागेका हुन्। टानका पूर्वअध्यक्षहरू नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्यहरू तथा नेपाल पर्वतारोहण संघका निवर्तमान र वर्तमान अध्यक्षसहितको एउटा टोलीले रामप्रसाद सापकोटा (कमल)को समूहलाई समर्थन गर्दै सार्वजनिक अपिल जारी गरेका छन् । सामूहिक अपिल गर्नेमा पूर्व पर्यटन राज्यमन्त्री तथा टानकी पूर्वअध्यक्ष यांकिला शेर्पा, टानका पूर्वअध्यक्ष जेवी सिंह, प्रतिष्ठित व्यापारिक घराना यति समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष सन्तवीर लामा, टानका पूर्वअध्यक्ष नवराज दाहाल, टानका पूर्वअध्यक्ष, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य र नेपाल वायुसेवा निगमका पूर्व सञ्चालक समिति सदस्य फुर ग्याल्जेन शेर्पा, स्थापित पर्यटन व्यवसायी तथा टान र पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे, पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, टानको पूर्वअध्यक्ष सीताराम सापकोटा, टानका पूर्व वरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्यहरू राजेन्द्र सापकोटा, पम्फा धमलालगायत रहेका छन् । उनीहरूले सार्वजनिक अपिल गर्दै टानको उद्देश्य प्राप्तिका लागि दृढ, सचेत, अनुभवी र व्यवसायिक क्षमता भएको नेतृत्व आवश्यकता पर्ने बताएका छन् । त्यस्तो नेतृत्वले मात्रै ट्रेकिङ व्यवसायीहरूको समस्या समाधान गर्न सक्ने भएकोले सापकोटा समूहलाई जिताउन उनीहरुले अपिल गरेका छन् । सापकोटालाई माओवादी केन्द्र, नेकपा एमालेकै एउटा समूह, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित अन्य साना दलले समर्थन गरेका छन् । हेर्नुस् अपिल :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij