२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

सर्वोच्चको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

गण्डकी टाइम्स
मंगलवार, भाद्र २१ २०७९
गण्डकी टाइम्स
मंगलवार, भाद्र २१ २०७९
  • काठमाडौं, २१ भदौ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको न्यायाधीशको नाम सिफारिस गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालतका मुख्य न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता प्राध्यपक डीएन पराजुलीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो । सर्वोच्च अदालतमा हाल दुई न्यायाधीशको पद मात्र रिक्त रहेता पनि परिषद्ले तीन जनाको नाम सिफारिस गरेको हो । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका छन् । उनको स्थानमा समेत पदपूर्ति गर्ने गरी परिषद्ले तीन जनाको नाम सिफारिस गरेको हो । एक महिना पछि रिक्त हुने पदका लागि पनि सिफारिस गर्न सकिने कानुनी व्यवस्थाअनुसार हाल तीनजनाको नाम सिफारिस गरिएको परिषद्ले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij