साफ च्याम्पियनसिप बन्ने नेपालको सपना अधुरै
साफ च्याम्पियनसिप बन्ने नेपालको सपना अधुरै
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ३ असोज । साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो ।
साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हाफमा नै दुई गोल खाएको थियो । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । तर बंगलादेशले पुन गोल गर्दै ३–१ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
प्रतिक्रिया