२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

यो वर्ष हिले दसैं : भारी वर्षा हुने प्रक्षेपण

यो वर्ष हिले दसैं : भारी वर्षा हुने प्रक्षेपण

गण्डकी टाइम्स
शुक्रवार, आश्विन १४ २०७९
गण्डकी टाइम्स
शुक्रवार, आश्विन १४ २०७९
  • काठमाडौँ, १५ असोज । यो वर्षको दसैंमा भारी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । विभागले दसैं विशेष मनसुन बुलेटिन प्रकाशित गरी विभिन्न चार प्रदेशमा भारी वर्षातको सम्भावना औंल्याएको हो । बुलेटिनमा उल्लेख भएअनुसार असोज १९ गते विजया दशमीदेखि २१ गते द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा मनसुन सरदर अक्टोबर २ पछि बाहिरिने भएपनि यो वर्ष सो मितिभन्दा केही दिन ढिला बाहिरिने भएको विभागले जनाएको छ । मंगलबार नवमीका दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार विजया दशमीका दिन देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । शुक्रबार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अपिल गरेको छ । हेर्नुस् मौसम बुलेटिन :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij