२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अब आर्थिक समृद्धिको नेतृत्व गर्न गोरखा आएँ : प्रचण्ड

अब आर्थिक समृद्धिको नेतृत्व गर्न गोरखा आएँ : प्रचण्ड

गण्डकी टाइम्स
सोमवार, आश्विन २४ २०७९
गण्डकी टाइम्स
सोमवार, आश्विन २४ २०७९
  • गोरखा, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति, शान्ति र संविधान निर्माणको नेतृत्व गर्ने टीमले देशको अबको आर्थिक समृद्धिको नेतृत्व गर्ने बताउनुभएको छ । गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ताका क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै सोही कार्यका लागि आफू क्रान्तिको उद्गम थलो गोरखा आएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, ‘हामीले क्रान्तिको नेतृत्व गर्ने अवसर पायौं, शान्तिको नेतृत्व गर्ने अवसर र संविधान निर्माणको नेतृत्व गर्ने अवसर पायौं । अब विकासको नेतृत्व यही टीमले गर्छ भनेर अन्ततः गोरखा जानु नै ठूलो राजनीतिक सन्देश हुन्छ भन्ने ठानेर म गोरखा आएको हुँ ।’ अध्यक्षले आफ्नो २२÷२४ वर्षको उमेरमा गोरखा आएको स्मरण गर्दै जिल्लाका नेता र बुद्धिजीविहरुसँग परिचित हुने मौका पाएको बताउनुभयो । अध्यक्षले इतिहास निर्माण र आफूले विगतमा काम गरेको दृष्टिले सुपरिचित रहेको रहेको क्षेत्र भएको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले गोरखा जिल्ला आफ्नो लागि ऐतिहासिक रहेको उल्लेख गर्दै आफूलाई अन्त कतै आएँ भन्ने महशुुस नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले कहिले पनि एउटै ठाउँमा भन्दा पनि मधेस, पहाड, पूर्व, पश्चिम सबैतिर घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा सायद म नै पहिलो भएको हुनुपर्छ । अहिले गोरखा आएपछि एउटा रेकर्ड बनेको भन्ने मलाई लागेको छ ।’ उहाँले गोरखाली जनताको बीचमा आएकोमा आफूलाई विशेष गर्व लागेको बताउनुभयो । अध्यक्षले एउटा विशिष्ट परिस्थितिमा संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाका लागि गठबन्धन निर्माण गरेको बताउनुहुँदै स्थानीय तहको निर्वाचन पश्चात संघीय निर्वाचनको चरणमा आएको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij