२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित

दीपक मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित

गण्डकी टाइम्स
बुधवार, आश्विन २६ २०७९
गण्डकी टाइम्स
बुधवार, आश्विन २६ २०७९
  • पोखरा, २६ असोज । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभाको लागि निर्विरोध निर्वाचित भएका छन् । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे प्रदेशसभामा निर्विरोध निर्वाचित भएका हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ । गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताए । निर्वाचन कार्यालयले औपचारिक घोषणा गर्न भने बाकि छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij