२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अनुमति

सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अनुमति

गण्डकी टाइम्स
बिहिवार, आश्विन २७ २०७९
गण्डकी टाइम्स
बिहिवार, आश्विन २७ २०७९
  • काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । नाबालिगमाथि बलात्कारको अभियोगमा पक्राउ परेका लामिछानेलाई बिहीबार प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । अदालतले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्न अदालतले यसअघि असोज २० गतेदेखि लागु हुनेगरी सात दिनको म्याद दिएको थियो । १७ वर्षीया किशोरीले लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै गत भदौ २१ गते गौशला प्रहरी वृत्तमा जाहेरी दिएका थिए । त्यतिबेला सन्दीप क्यारेबियन लिग खेल्दै थिए । बलात्कारको आरोप लागेपछि क्यानले पनि सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीप नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको थियो । त्यसपछि असोज २० गते काठमाडौं आएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij