प्रचण्डले आफैँलाई मत हाल्न नपाउने
प्रचण्डले आफैँलाई मत हाल्न नपाउने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २७ असोज । मंसिर ४ गते हुने आम निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफैँलाई मतदान गर्न नपाउने भएका छन्। गोरखाको क्षेत्र नम्बर-२ बाट उम्मेदारी दिएका अध्यक्ष प्रचण्डको मतदाता नामावलीमा उक्त क्षेत्रमा नभएका कारण उनले आफैँलाइ मत हाल्न नपाउने भएका हुन्।
प्रचण्डको मतदाता नामावली गृहजिल्ला चितवनमा रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । प्रचण्डले त्यहिँबाट मतदान गर्ने छन्।
प्रतिक्रिया