गोरखामा बोल्दाबोल्दै भक्कानिए प्रचण्ड
गोरखामा बोल्दाबोल्दै भक्कानिए प्रचण्ड
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २७ असोज । गोरखामा अगुवा नेताकार्यकर्तालाई सम्बोधन गर्ने क्रममा पुराना दिन सम्झीएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् । गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने क्रममा उनी बोल्दाबोल्दै घुँक्कघुँक्क गर्न थालेका थिए। ‘माओत्सेतुङ आन्दोलनका निम्ति उर्जा बटुल्न चिनकाङसाङ फर्किनुभएको थियो। म पार्टीको पहिलो हेडक्वाटर रहेको गोरखा फर्किएँ,’ उनले भने। त्यो क्रममा उनी केहीबेर भक्कानिएका थिए।
गोरखाबाट नयाँ आन्दोलनका निम्ति उर्जा बोकेर फर्किने प्रचण्डको भनाइ छ। माओत्सेतुङको शक्ति प्राप्त गर्न र नयाँ ऊर्जाको संकल्पका लागि चिनकाङसाङ गएजस्तै आफू पनि नयाँ ऊर्जा बटुल्न गोरखा आएको उनको दाबी थियो ।
प्रतिक्रिया