सन्दीप थप ४ दिन हिरासतमै रहने
सन्दीप थप ४ दिन हिरासतमै रहने
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २ कात्तिक । १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध थप चार दिन म्याद थप भएको छ ।
थप अनुसन्धानका लागि प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौंबाट तेस्रोपटक म्याद थप गरेको हो।
२० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध यसअघि दुईपटक सात र पाँच दिनको म्याद थप गरिसकेको छ।
उनलाई हाल प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ।
प्रतिक्रिया