२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

१५ हजार थान नक्कली मतपत्र भेटियो, भारतीय नागरिक पक्राउ

१५ हजार थान नक्कली मतपत्र भेटियो, भारतीय नागरिक पक्राउ

गण्डकी टाइम्स
बुधवार, कार्तिक ३० २०७९
गण्डकी टाइम्स
बुधवार, कार्तिक ३० २०७९
  • पर्सा, ३० कात्तिक । प्रहरीले पर्साबाट १५ हजार थान नक्कली मतपत्रसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए। भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेका हुन्। भारतीय नम्बरको मोटरसाइकलबाट नेपाल आएका उनले १५ हजार थान नक्कली मतपत्र बोकेका थिए। उनलाई अहिले इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ। ‘के कसुरअन्तर्गत कारबाही गर्ने भनेर प्रमुख जिल्ला अधिकारी र निर्वाचन अधिकृतबीच छलफल भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘निर्णय भइसकेको छैन।’ पक्राउ परेका अहमदले भने उक्त मतपत्र मतदाता शिक्षाका लागि ल्याएको दाबी गरेका छन्। यद्यपि कुन पार्टीका लागि ल्याएको हो भन्ने नखुलाएको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij