२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

चुनावमा ३ लाख सुरक्षाकर्मी परिचालन

चुनावमा ३ लाख सुरक्षाकर्मी परिचालन

गण्डकी टाइम्स
शुक्रवार, मंसिर २ २०७९
गण्डकी टाइम्स
शुक्रवार, मंसिर २ २०७९
  • काठमाडौं, २ मंसिर । सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चुनावी सुरक्षा बारे जानकारी गराइएको हो । चुनावमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन गरिने भएको हो। मतदानस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको गृह सचिव विनोद प्रकाश सिंहले बताए। हिमाली तथा उच्च पहाडी जिल्लामा हेलिकोप्टरबाट मतपेटीका संकलन गरिने भएको छ । अहिलेसम्म यस्ता क्षेत्र ४० वटा रहेको भए पनि यो अझै बढ्न सक्ने गृहको आंकलन छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij