२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि इलाम-२ मा तनाव

गण्डकी टाइम्स
शनिवार, मंसिर १० २०७९
गण्डकी टाइम्स
शनिवार, मंसिर १० २०७९
  • इलाम, १० मंसिर । इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफु हार्ने संकेत पाएपछि अनावश्यक ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताए । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए । मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij