एम्बाप्पे चम्कँदा फ्रान्सको जित
एम्बाप्पे चम्कँदा फ्रान्सको जित
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ११ मंसिर । केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।
स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।
खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए ।
जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ ।
डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया