२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

क्यामरुन र सर्वियाको वरावरी

क्यामरुन र सर्वियाको वरावरी

गण्डकी टाइम्स
सोमवार, मंसिर १२ २०७९
गण्डकी टाइम्स
सोमवार, मंसिर १२ २०७९
  • काठमाडौं, १२ मंसिर । फिफा विश्वकपको समूह ‘जी’अन्तर्गत सोमबार भएको खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको नाटकीय बराबरी खेलेका छन्। युरोपेली मुलुकविरुद्ध प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा जिन-चाल्र्स कास्टेलेटो गोल गर्दै अफ्रिकी मुलुकलाई अग्रता दिलाएका थिए। कर्नरबाट आएको पासमा निकोलस एन्’कलाउले हेडरमार्फत दिएको पासमा ६ यार्ड बक्सभित्र रहेका कास्टेलेटोले सहज गोल गरेका थिए। यद्यपि, इन्जुरी समयमा दुई गोल गर्दै सर्बियाले शानदार पुनरागमन गर्‍यो। इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जाले पाभ्लोभिचले गरेको गोलसँगै सर्बियाले बराबरी गरेको थियो। त्यसको दुई मिनेट नबित्दै मिनिक्कोभिच साभिचले गरेको गोलसँगै सर्बियाले रोमाञ्चक अग्रता लियो। इन्जुरी समयमै अलेक्सान्डर मिट्रोभिचले गरेको प्रहार बाहिरिँदा सर्बियाले अग्रता अझै लम्ब्याउने सुन्दर मौका गुमाएको थियो। अलेक्सान्डर मिट्रोभिचले ५३औं मिनेटमा गरेको गोलसँगै ३-१ ले पछि परेको क्यामरुनले तीन मिनेटको फरकमा दुई गोल फर्कायो। सब्स्टिच्युट फरवार्ड भिन्सेन्ट अबुबकरले ६३औं मिनेटमा गाल गर्दै क्यामरुनलाई खेलमा फर्काएका थिए। त्यसको तीन मिनेट नबित्दै एरिक म्याक्सिम चुपो मोटिङले अबुबरकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। आअक बराबरीसँगै पहिलो खेलमा ब्राजिलसँग २-० को नतिजामा पराजित भएको सर्बियाले एक अंक जोडेको छ। पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-० को नतिजामा पराजित भएको क्यामरुनले पनि पहिलो अंक जोडेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij