२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

राष्ट्रिय सभागृहमा महानगरविरुद्ध सुकुम्बासीको आन्दोलन

राष्ट्रिय सभागृहमा महानगरविरुद्ध सुकुम्बासीको आन्दोलन

गण्डकी टाइम्स
बुधवार, मंसिर १४ २०७९
गण्डकी टाइम्स
बुधवार, मंसिर १४ २०७९
  • काठमाडौं, १४ मंसिर । काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंका सुकुम्बासीले राष्ट्रिय सभागृहमा आन्दोलन गरेका छन् । विकल्प बिना नै महानगरले उठिबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार महानगरको नगरप्रहरी टोली थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा डोजरसहित पुगेको थियो । नगरप्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन । झडपमा ३६ जना नगरप्रहरी घाइते भए । सुकुम्बासीले मंगलबार बागदरबारस्थित महानगर कार्यालय घेराउ गरेका थिए । केही सुकुम्बासी माइतीघरमा अनसन बसेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij