चुनावी प्रतिबद्धता पुरा गर्दै अध्यक्ष देवकोटा : घरदैलोमै पुगरे दिन थाले सामजिक सुरक्षा भत्ता
चुनावी प्रतिबद्धता पुरा गर्दै अध्यक्ष देवकोटा : घरदैलोमै पुगरे दिन थाले सामजिक सुरक्षा भत्ता
गण्डकी टाइम्स
गण्डकी टाइम्स
गोरखा, २२ मंसिर। गोरखाको अजिरकोट गाउँपालिका घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको छ । अशक्त र जेष्ठ नागरिकहरुलाई दिनभरी पैदल हिडेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेको अजिरकोट गाउँपालिकामा लाभग्राहीको घरघरमा पुगेर बैंकिङ्ग प्रणाली मार्फत नै भत्ता बितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
‘गाउँपालिकाको चिसाङ्बाट त दिनभरी नै हिडेर बैंकसम्म आएर भत्ता बुझ्न पर्ने कठिनाई थियो, उनले भने, ‘लाभग्राहीलाई भत्ता बुझ्नका लागि सवारी साधन रिर्जभ गर्दा आउदा ३ हजार रुपैया भन्दाबढी खर्च हुने र कतिपय ठाउँबाट हिडेर आउदा एकैदिनमा भत्ता बुझेर फर्कन नसक्ने अबस्था पनि भएकाले जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूती दिलाउन घरघरमा पुगेर सामाजिक भत्ता बितरण गर्न थालिएको हो ।’
गाउँपालिका भित्रका सवै लाभग्राहीले घरमै हातहातमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सुरु गरेको अध्यक्ष देवकोटाले बताए । गाउँपालिकाले बैंकसंगको सहकार्यमा बैंकका कर्मचारी, गाउँपालिकाका कर्मचारी, वडा कार्यालयका जनप्रतिनिधि तथा कर्मचारी परिचालन गरी जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असाहाय, एकल महिला लगायतका सवै लाभग्राहीलाई बैकिङ्ग प्रणाली मार्फत नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको उनले जानकारी दिए ।
‘सामाजिक सुरक्षा भत्ता भन्ने बित्तिकै अशक्त भएका व्यक्तिहरुलाई राज्यले जीवनयापन गर्न दिइने भत्ता हो, उनले भने, ‘लाभग्राहीलाई डोलीमा बोकेर ल्याउनुपर्ने, दुई दिनसम्म हिडाएर ल्याउनुपर्ने बाध्यता अत्यन्तै कठिन थियो, त्यसलाई मुक्त गर्नुपर्छ भन्ने लागेर बैंक मार्फत नै लाभग्राहीलाई रकम भुक्तानीका आबश्यक पहल गरी बैंक भौचर लाभग्राहीको घरघरमा पुयाएर बैंकिङ्ग प्रणालीबाट नै भत्ता बितरण थालिएको हो ।’
उनले आफूले चुनावी प्रतिबद्धता पत्रमा समेत जनतामा माझ घरघरमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने घोषणा गरेकाले सोही प्रतिबद्धता पूरा गर्न पालिका अध्यक्षमा बिजयी भए लगत्तै सवै निकायसंग गृहकार्य गरेर घरघरमा सामाजिक सुरक्षा भत्ता बितरण गर्न सम्भव भएको बताए । घण्टौ लगाएर कष्ठपूर्ण ढंगबाट सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले अजिरकोट गाउँपालिका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही खुशी भएका छन् ।
प्रतिक्रिया