२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

क्रोएशियाविरुद्ध ब्राजिलको पुरानै टिम, कसले मार्ला बाजी ?

क्रोएशियाविरुद्ध ब्राजिलको पुरानै टिम, कसले मार्ला बाजी ?

गण्डकी टाइम्स
शुक्रवार, मंसिर २३ २०७९
गण्डकी टाइम्स
शुक्रवार, मंसिर २३ २०७९
  • काठमाडौँ, २३ मंसिर। कतार विश्वकप अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा क्रोएशियाविरुद्धको खेलका लागि ब्राजिलले दक्षिण कोरियाविरुद्धको टोलीलाई नै निरन्तरता दिएको छ । ब्राजिलले सार्वजनिक गरेको सुरुवाती ११ मा पुरानै टोलीलाई निरन्तरता दिएको हो। ब्राजिल ४–२–३–१ को फर्मेसनमा खेल्नेछ। एजुकेशन सिटी स्टेडियममा हुने खेलमा क्रोएशियाले भने दुई खेलाडी परिवर्तन गरेको छ। क्रोएसियाले ब्राजिलसँगको खेलका लागि डिफेन्डर ब्रुनो सोसा र मारियो पासालीचलाई सुरुवाती ११ मा समेटेको छ। क्रोएसिया ४–३–३ को फर्मेशनमा खेल्नेछ। ब्राजिलको सुरुवाती-११ एलिसन, ड्यानिलो, थिएगो सिल्भा, मार्किन्हस, एडर मिलिसाओ, क्यसेमिरो, लुकास पाक्वेटा, नेयमार, राफिन्हा, भिनिसियस जुनिअर, रिचार्लिसन क्रोएसिया सुरुवाती-११ डोमिनिक लिभाकोभिच, डेजान लोभ्रेन, जोस्को भार्दिओल, बोरना सोसा, जोसिप जुरानोभिच, माटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, लुका मोड्रीच, मारियो पासालीच, इभान पेरिसिच, आन्द्रे क्रामारिच

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij