२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

अशोक राईको श्रीमान-श्रीमतीनै सांसद

अशोक राईको श्रीमान-श्रीमतीनै सांसद

गण्डकी टाइम्स
शनिवार, मंसिर २४ २०७९
गण्डकी टाइम्स
शनिवार, मंसिर २४ २०७९
  • काठमाडौं, २४ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद अध्यक्ष अशाेक राई र श्रीमती सुशीला श्रेष्ठ दुवै प्रतिनिधिसभा सदस्य भएका छन् । अशोक सुनसरी–१ बाट प्रत्यक्षबाट सांसद निर्वाचित भएका हुन् भने सुशीला समानुपातिक प्रणालीमार्फत संघीय संसद् पुगेका हुन् । जसपाले समानुपातिकतर्फबाट पाँच सांसदको नाम निर्वाचन आयोगलाई बुझाएको छ । जसपाले बुझाएको सूचीमा सुशीलालाई आदिवासी जनजाति महिला क्लस्टरबाट संसद् सिफारिस गरिएको छ । एमाले हुँदा सक्रिय राजनीतिमा रहेका सुशीला पछिल्लो समय भने राजनीतिमा खासै सक्रिय छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij