२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राजनीति एकल म्यारथान होइन, रिले दौड हो : युवराज बस्ताकोटी

राजनीति एकल म्यारथान होइन, रिले दौड हो : युवराज बस्ताकोटी

गण्डकी टाइम्स
बुधवार, पौष ६ २०७९
गण्डकी टाइम्स
बुधवार, पौष ६ २०७९
  • सामाजिक सञ्जालका स्टाटस, कमेण्ट पढ्दा र कफि सपका तर्कहरु सुन्दा लाग्दथ्यो, कांग्रेस संसदिय दलको नेतृत्वमा मेरो उमेर समूह ( ४०-५०) ले जवरजस्त हस्तक्षेप गर्यो,गर्यो। केही प्रभाबशाली युवा नेताले त सरप्राइज क्याम्प परिवर्तन पनि गरे । जब नतिजा आयो ,त्यहि भात ,त्यहि पुरानो धानको । सुगरको बिरामीलाई पुरानो धानबाट बनाईएको चामलको भात खान सुझाईन्छ ,किनकि त्यहाँ कार्वोहाड्रेट अलिकति कम हुनुका साथै फाइवर पनि बढि हुन्छ,भन्नेछ। राजनीतिमा संस्कार र अनुशासनको ठुलो महत्त्व हुन्छ। केटा र ठिटा मात्रै भनेर सामाजिक सञ्जाल रंग्याएर , परिवर्तनको सपना देखिन्छ तर सपना पूरा हुदैन ,भन्ने यथार्थ हामीले भोगेकै हो। राजनीति ,बास्तबमा सामुहिक सहकार्य हो। झन डेमोक्रेटिक मुभमेण्टमा त यो, आधारभूत शर्त हो। प्रस्ताब पेश गर्ने, वृहत्तम छलफल गर्ने, साझ निर्णय गर्ने र सबैले स्विकार्न सक्ने व्यक्तिको नेतृत्वमा हो परिवर्तनको घण्टि बजाउने। अराजकता र रिदम नमिलेको रिसको घण्टीले प्रदुषण मात्रै गर्ने हो । जुन नहोस् भनिए पनि भयो त्यहि। नयाँ को हुन् , उमेर सानो भएका वा अवसर नपाएका ? जीवनमा ७ पटक माननीय र ५ पटक सम्माननीय भएका बूढो बाघसंगको लडाइँ , ४ पटक माननीय भएकाले गरेका थिए। नयाँ कोहि थिएन। पटकपटक रुख चढेका, एक जना टुप्पोमा पुगेका, अर्को बिचतिर पुगेका मात्रै । भूईँ मानिसले ती दुबैलाई भेट्न सक्दैन, माथि नफर्कि देख्न सक्दैन । टुप्पोबाट थुके पनि थुक भूँई मान्छेलाई लाग्छ, अर्को हाँगाको बिचबाट थुके पनि थुक भूँई मान्छेलाई नै लाग्छ। मानिसले टिप्पणी गरे, उमेरले मात्रै युवा रहेछ, बस्ताकोटी । होइन, म संस्कार र अनुशासनले पनि युवा छु। म मात्रै जान्ने, भन्ने भ्रममा म छैन। म र मेरो कार्यालयका बाहेक सबै बुढा हुन् ,म भन्दिन । धेरैको जीवन वितेको छ संगठनका लागि। एउटाले गरेको अन्याय सहेर संघर्षरत गतिशील समुदायको हित र न्यायका लागि मिलेर अगाडि बढौं ,मात्रै भनेको हुँ। भीडको सम्मान गर्दै ,बुझाईमा परेको फरकलाई मिलाउन खोजेको हुँ । घुर्कि, धाक, सामाजिक सञ्जाल र कफि सपमा गाली गरेर परिवर्तन हुदैन । परिवर्तनका लागि न्याय सहित, दृष्टिकोण सहित, माया सहित सडकमा आउनुहोस् । हामी पुरानाको सम्मान गर्दै नयाँ र इमानदार संघर्षरत रहनेछौं। सबैको योग्यता, क्षमता, दक्षता र वलिदानको कदर गर्नेछौं । पुरानाको कमजोरीबाट सिकेर नव युग नव इतिहास रच्नेछौं। समाज बदल्नेछौं,बदल्नेछौं। केही बर्षमा परिवर्तन हुन्छ हुन्छ। र अन्तमा, राजनीति एकल म्याराथन होइन , रिले रन हो ,भन्ने स्विकारेर अगाडि बढ्नेछौं। (लेखक नेपाली कांग्रेस केन्द्रिय विभागका पूवसचिव हुन्)

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij