२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

बागलुङमा ५.३ म्याग्निच्युडको भूकम्प

बागलुङमा ५.३ म्याग्निच्युडको भूकम्प

गण्डकी टाइम्स
मंगलवार, पौष १२ २०७९
गण्डकी टाइम्स
मंगलवार, पौष १२ २०७९
  • काठमाडौँ, १३ पुस । बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij