२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेस महासमिति : खिईने कि पुनःस्थापित हुने ?

कांग्रेस महासमिति : खिईने कि पुनःस्थापित हुने ?

गण्डकी टाइम्स
आइतवार, फाल्गुण ६ २०८०
गण्डकी टाइम्स
आइतवार, फाल्गुण ६ २०८०
  • युवराज बस्ताकोटी

    नेपाली राजनीतिक तरलता, देश प्रति जनताको अविश्वास र विश्व मञ्चमा नेपालको नगन्य उपस्थिति जस्ता गम्भीर प्रश्नहरु छरपस्ट हुँदा नेपाली जनताको राजनीति स्थापना गरेको शक्ति नेपाली कांग्रेस जिम्मेवार बन्नु जरुरी थियोे, छ र रहनेछ । तर, आजको वैचारिक विलखबन्द, व्यवहारिक प्रश्न योग्य मार्ग र गैह्र जिम्मेवारीपनका बारेमा आफुहरुलाई सुधार गरेर जनता र कार्यकर्तामा विश्वास पुनःस्थापना गर्नु जरुरी छ । आजको समस्या : १. पार्टी भित्र र वाहिर : पार्टीको वैचारिक आधार विर्सिएको , व्यवहारमा नातावाद कृपावाद आर्थिकवाद लागू  । २. सदस्य विच भेदभाव अन्याय अत्याचार हुदा अन्याय गर्नेसँग केन्द्रीय सदस्यहरु देखिएका, रेष्ट्रोपोलिटिक्समा नेतागण रमाएको, २३% गरिवीका रेखामुनी - ६५% मध्यम तथा परम्परागत सम्पन्न वर्गलाई अनविज्ञता देखाउने तर ५% विचौलिया दलाल- ७% नव धनाध्य वर्गको साथ सँगत र हितमा क्रान्तिकारी देखिने नव युवा नेता समेत रमाउने तिनकै थाप्लोमा राजनीतिक राष्ट्रिय तथा आर्थिक जिम्मेवारी दिने गरेको  । ३. मेरिट बलिदानी तथा डेडिकेसनलाई भन्दा करिस्मा देखाउने सिमित मानिसलाई पार्टी तथा सरकारको जिम्मेवार पदमा नियुक्ति दिने गरेको । ४. विचार र कार्यक्रममा कांग्रेसवाद र संस्कृति हराउदै गएको , एकाध क्षमतावान ,दक्ष , योग्य मानिसलाई पाखा लगाउन गाउँ गाउँ टोल टोलमा बिचौलिया कथित स्थानीय नेता खटाउने गरिएको , *जनताका नजरमा भ्रष्ट , गैर राजनीतिक , गैर सामाजिक , किर्ते गर्ने, फौजदारी अभियोगमा जेल बसेका , प्रहरी वान्टेडमा परेकालाई समेत काखी च्यापि दिंदा पार्टीका पदहरु तिनले लिने गरेको, कारण सर्वसाधारणमा पार्टीका नेताका नाम लिदा समेत आक्रोसित हुने गरेका । अबको बाटो : महासमिति वैठकले गर्नुपर्ने नीतिगत निर्णय १. वैचारिक तथा चरित्रवान नेता स्थापित गर्दै लैजाने, शिक्षा स्वास्थ्य लगायत उत्पादनमूलक क्षेत्रमा कार्य गर्ने सदस्यहरुलाई पार्टीको नीतिका रुपमा प्रोत्साहन गर्दै लैजाने । २. स्वमुल्यांकन समेत गरेर पार्टीको हितका खातिर एक वा एक भन्दा बढि पटक सार्वजनिक पदमा नियुक्ति पाएका, सांसद मन्त्री भएका , समानुपातिक खाएका , राजदूत, जिएम, कार्यकारी प्रमुख लगायत राजनीतिक नियुक्ति खाएकाले आफै वा पार्टीको निर्णय गराएर पुनः नियुक्ति वा अवसर नलिने नदिने , बरु नि:शर्त पार्टीको सदस्य भएर इमानदार कार्य गर्ने गराउने - त्याग गर्न गराउन सिक्ने सिकाउने । ३.अनवरत संघर्षरत तर अवसर नपाएका नेता कार्यकर्तालाई सम्मान गर्ने र क्षमता योग्यता अनुसार अवसर खोजेर दिने । ४. सो घोषणाका आधार सबैलाई एकै प्रकारको मात्र सदस्यता वितरण गर्ने । ५. राजनीतिक सामाजिक सांस्कृतिक आर्थिक चरित्र उच्च भएका ईच्छुक सदस्यहरु मात्र सबै तहमा उमेदवार बन्न पाउने व्यवस्था गर्ने । ६. आस्था विस्वास तथा सकारात्मक कार्यका आधारमा कांग्रेस भएका हरेकले आफ्नो नेता छान्न पाउने अधिकार सुरक्षित गर्न सबैलाई मताधिकारको व्यवस्था गर्ने । ७. आफ्नो पालिकामा निश्चित प्रतिशत मत ल्याउने जो कोहि सदस्य त्यस माथिल्ला पदमा उमेदवार बन्न पाउने लोकतान्त्रिक विधि लागू गर्ने ( यसका मतलब मतदाता मात्र बन्न भने निर्वाचन जित्नु नपर्ने, सबैले पाउने व्यवस्था गर्ने ) ८. दलाली जस्तो देखिने महाधिवेशन प्रतिनिधि पद खारेज गर्ने । ९. जिल्ला भित्रका हरेक केन्द्रीय सदस्य त्यो जिल्लामा जिल्ला सदस्यका रुपमा वर्षको २ महिना बस्नै पर्ने व्यवस्था लागू गर्ने , कानुन विरुद्ध कार्य गरेका कसैलाई पनि राजकिय तथा पार्टीका पदमा नियुक्ति नदिने व्यवस्था गर्ने । १०.कांग्रेस बुझ अनि मात्रै पद लेउ ( Know the Congress, Be the Congress Leader) भनाइलाई लागू गराउने । ११. राजनीतिक संस्कार र कांग्रेस संस्कृतिको विकासका दृष्टिकोण स्थापित गर्ने । १३. कांग्रेसको आजको प्रशिक्षण कोर्षमा आमूल सुधार गरि हर सदस्यलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित संगठन बनाउने । १४. पार्टीको विधान र देशको संविधान संशोधन प्रकृया शुरु गर्ने नीति पारित गर्ने । पार्टीको विधानमा व्यापक छलफल गरेर मात्रै गर्न सर्व पक्षिय विधान संशोधन समिति निर्माण गर्ने । स्पष्टीकरण : एकपटकको कांग्रेस प्रतिनिधि वा जिल्ला देखि केन्द्रीय समितिमा काम गरेर अनवरत कांग्रेसमा सकृय रहेको अवस्थामा पदेन मतदाता हुने व्यवस्था हुनुपर्छ । आफू नेता नभए पनि आफ्नो नेता छान्ने अधिकारबाट कुनै कांग्रेस सदस्य वञ्चित हुनु हुदैन । फेरि अनुमोदित हुनुपर्छ भन्ने तर्क गैर राजनीतिक र फण्डा जस्तो हुन्छ । बरु पुनः केन्द्रीय समितिमा आउन चाहिँ निश्चित रुपमा स्थानीय तहका कार्यकर्ताको २५-२५ जना प्रस्तावक समर्थक हुने व्यवस्था वा निर्वाचन गर्ने व्यवस्था गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij