२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

मसँग उपचार गराउने पैसा पनि छैन : ओली

मसँग उपचार गराउने पैसा पनि छैन : ओली

गण्डकी टाइम्स
आइतवार, श्रावण २९ २०७९
गण्डकी टाइम्स
आइतवार, श्रावण २९ २०७९
  • काठमाडौँ, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुसंग उपचार गर्न पैसा समेत नभएको दावी गरेका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनाे र श्रीमतीकाे नाममा भएकाे सबै सम्पत्ति सरकारकाे नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको दावी गरेका हुन् । ‘अहिले सांसदबाट आउने पैसाले उपचार गराइरहेको छु’, उनले भने । ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन । ’  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij